नियम १२: संघ दर्ता तथा नवीकरण सम्बन्धी व्यवस्था

Estimated reading: 1 minute 3 views

१) ऐनको दफा १६ को उपदफा (१) को प्रयोजनको लागि गैर आवासीय नेपाली संघ दर्ता गर्न चाहानेले कम्तीमा पच्चीस मुलुकका कम्तीमा पचास जना गैर आवासीय नेपालीले देहायको विवरण खुलाई दर्ता दस्तुर बापत पाँच हजार रुपैयाँ संलग्न गरी मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछः-

(क) संघको उद्देश्य,

(ख) संघ दर्ता गराउन चाहने गैर आवासीय नेपालीको नाम, थर, ठेगाना,

(ग) खण्ड (ख) बमोजिमका गैर आवासीय नेपाली परिचयपत्रको प्रतिलिपि,

(घ) संघका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण,

(ङ) संघको आर्थिक स्रोत,

(च) संघको कार्यालय रहने स्थान,

(छ) संघ दर्ता गराउन चाहने गैर आवासीय नेपालीहरूको दस्तखत भएको प्रस्तावित संघको तीन प्रति विधान ।

२) उपनियम (१) बमोजिम पर्न आएको निवेदन तथा विधान मन्त्रालयले जाँचबुझ गर्दा संघ दर्ता गर्न मनासिव देखेमा दर्ता गरी मन्त्रालयले निर्धारण गरेको ढाँचामा दर्ताको प्रमाणपत्र दिनेछ ।

३) यस नियम बमोजिम संघ दर्ता भएमा दर्ता प्रमाणपत्र दिंदाका वखत विधानको एक प्रति प्रमाणित गरी निवेदकलाई दिनु पर्नेछ ।

४) उपनियम (१) बमोजिमको दस्तुर तिरी प्रत्येक दश वर्षमा संघको दर्ता नवीकरण गराउनु पर्नेछ।

Share this Law

नियम १२: संघ दर्ता तथा नवीकरण सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.