दफा १७: दण्ड सजाय

Estimated reading: 0 minutes 313 views

१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा सो अन्तर्गत जारी भएको आदेश वा निर्देशन वा परिपत्र वा सूचना वा बैङ्कले तोकिदिएको कुनै प्रक्रिया विपरीत कुनै व्यक्तिले कुनै काम गरेमा सो काम गरे बापत भएको कसूरसँग सम्बन्धित विदेशी विनिमय जफत गरी त्यस्तो व्यक्तिलाई विगोबमोजिमको जरिवानादेखि बिगोको तीन गुणासम्म थप जरिवाना हुनेछ।

तर त्यस्तो कसूरसँग सम्बन्धित विदेशी विनिमय जफत गर्न नमिल्ने अवस्थाको कसूरहरूको सम्बन्धमा सो कसूरसँग सम्बन्धित विदेशी विनिमयको बिगो कायम गरी त्यसरी कायम हुन आएको बिगो बमोजिमको जरिवानादेखि बिगोको तीन गुणासम्म थप जरिवाना हुनेछ ।

२) उपदफा (१) बमोजिम बिगो कायम गर्दा बिगोको रकम खुल्न वा खुलाउन नसकिने अवस्था आईपरेमा कसूरका मात्रा हेरी दुई लाख रूपैयाँसम्म जरिवाना हुनेछ।

३) यस ऐन बमोजिमका काम कुराहरू गर्न, निरीक्षण गर्न तथा अनुसन्धानका निमित्त खटिएका कर्मचारीहरूले बदनियतपूर्ण कार्य गरी ऐनको उल्लङ्घन हुने कुनै कार्य गरेमा वा गोप्यता भङ्ग गरेमा त्यस्तो कार्य गर्ने कर्मचारीलाई कसूरको मात्रा हेरी एक लाख रूपैयाँसम्म जरिवाना हुनेछ ।

४) यस ऐन बमोजिम सजाय हुने कसूर कुनै फर्म, कम्पनी, संस्थाबाट भएकोमा सो कसूर हुँदाको बखत सो फर्म, कम्पनी, संस्थाको सो कसूरसँग सम्बन्धित कामको जिम्मा लिने सञ्चालक, पदाधिकारी, कर्मचारी वा एजेण्ट सजायको भागी हुनेछ।

तर कसूर भएको कुरा त्यस्तो सञ्चालक, पदाधिकारी, कर्मचारी वा एजेण्टलाई जानकारी हुन सक्ने अवस्था नभएको वा त्यस्तो कसूर रोक्ने निजहरूले यथासम्भव प्रयास गरेको हो भन्ने कुराको प्रमाण पेश गर्न सकेमा निजहरूले यस उपदफा बमोजिम सजायको जवाफदेही बहन गर्नुपर्ने छैन।

५) दफा ८ बमोजिम पठौरीको सम्बन्धमा गर्नुपर्ने काम कुराहरू नगरी वा पुर्‍याउनु पर्ने प्रक्रियाहरू नपुर्‍याई वा अधिवीजकीकरण गरी पैठारी गरेको वा निर्धारित अवधिभित्र मालसामान पैठारी नगरेको वा पैठारी गर्नुपर्ने मालसामान पैठारी नगरेको पैठारीकर्तालाई सम्बन्धित पैठारीको बिगो कायम गरी त्यसरी कायम हुन आएको बिगो बमोजिमको जरिवानादेखि बिगोको तीन गुणासम्म थप जरिवाना हुनेछ।

६) दफा ९क., ९ख. र ९ग. को विपरीत कसूर गर्ने निकासीकर्तालाई निकासी गरेको मालसामानको बिगो बमोजिमको जरिवानादेखि बिगोको दुई गुणासम्म थप जरिवाना हुनेछ ।

७) उपदफा (५) र (६) बमोजिमको कसूर गर्न मतियार हुने वा मद्दत पुऱ्याउने व्यक्तिलाई उपदफाहरूमा उल्लिखित सजायको आधा सजाय हुनेछ।

८) यस दफा बमोजिम भएको जरिवानाको रकम भुक्तानी नगरेमा त्यस्तो व्यक्तिलाई जरिवानाको मात्रा अनुसार चार वर्षसम्म कैदको सजाय हुन सक्नेछ।

९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी विनिमयसँग सम्बन्धित कसूरको विगो रकम एक करोड रूपैयाँ वा सोभन्दा बढी भएमा त्यस्तो व्यक्तिलाई हुने अन्य सजायको अतिरिक्त तीन वर्षसम्मको कैद सजाय समेत थप हुनेछ ।

१०) अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले पक्राउ गरेको व्यक्तिलाई र मुद्दाको सिलसिलामा सम्बन्धित अदालतले आरोपित व्यक्तिसँग कसूरको बिगो रकम एक लाख रूपैयाँसम्म भएका कसूरहरूको हकमा हाजिर जमानीमा र कसूरको बिगो रकम एक लाख रूपैयाँभन्दा बढी भएका कसूरहरूको हकमा कसूरको बिगो बमोजिम धरौटी लिई वा कसूरको मात्रा बमोजिम कायम गरिएको बिगो बमोजिमको धरौटी लिई तारेखमा राखी कारबाही चलाउन सक्नेछ।

११) कुनै पनि संवैधानिक निकायको प्रमुख वा सदस्य वा राजनीतिक नियुक्तिको पदमा बहाल रहेको कुनै व्यक्तिले यस ऐन बमोजिम कसूर हुने कुनै काम गरेमा त्यस्तो काम गर्ने अन्य व्यक्तिलाई हुने सजायको दोब्बर सजाय हुनेछ। तर कैद सजायको हकमा थप दुई वर्षभन्दा बढी सजाय हुनेछैन।

१२) उपदफा (१०) बमोजिम धरौटी दाखिला नगर्ने व्यक्तिलाई थुनामा राखी कारबाही चलाउनु पर्नेछ ।

१ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।

Share this Law

दफा १७: दण्ड सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.