दफा ३: विदेशी विनियमय कारोबार गर्न इजाजतपत्र लिनुपर्ने

Estimated reading: 0 minutes 338 views

१) विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बैङ्कबाट इजाजतपत्र लिनुपर्नेछ।

२) विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले इजाजतपत्र लिनको लागि बैङ्कले तोकिदिएको विवरण सहित बैङ्क समक्ष दरखास्त दिनुपर्नेछ।

३) उपदफा (२) बमोजिम दरखास्त पर्न आएमा निर्धारित मापदण्डको आधारमा बैङ्कले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र दिन सक्नेछ। यसरी बैङ्कले इजाजतपत्र दिँदा कारोबार गर्ने विदेशी विनिमयको किसिम, हद, कारोबार गर्न पाउने अवधि र अन्य आवश्यक शर्तहरू समेत तोकिदिन सक्नेछ ।

४) विदेशी विनिमय कारोबार नियमित तथा व्यवस्थित गर्ने सम्बन्धमा इजाजतपत्र प्राप्त व्यक्तिलाई बैङ्कले समय समयमा आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ। यस्तो आदेश वा निर्देशनको पालना गर्नु इजाजतपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ।

५) इजाजतपत्र प्राप्त गर्ने बैङ्कले तोकिदिए बमोजिम वार्षिक शुल्क र धरौटी बैङ्कमा बुझाउनु पर्नेछ। यसरी तोकिएको वार्षिक शुल्क वा धरौटी नबुझाउने इजाजतपत्र प्राप्त व्यक्तिको इजाजतपत्र बैङ्कले रद्द वा निलम्बन गर्न सक्नेछ।

६) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विदेशी विनिमय कारोबार गर्न पटके इजाजतपत्र माग गर्न आएमा बैङ्कले यसै दफाको अधीनमा रही त्यस्तो व्यक्तिलाई पटके इजाजतपत्र दिन सक्नेछ।

Share this Law

दफा ३: विदेशी विनियमय कारोबार गर्न इजाजतपत्र लिनुपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.