दफा २१ः बोर्डको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 277 views

यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) औद्योगिक तथा पूर्वाधार संरचना विकासमा विदेशी लगानी आकर्षण गर्न अवलम्बन गर्नुपर्ने नीतिगत , संस्थागत र प्रक्रियागत सुधारको लागि नेपाल सरकारलाई सुझाव दिने,

(ख) नेपालमा विदेशी लगानीको आकर्षण बढाउन र त्यसको प्रबर्द्धन तथा संरक्षण गर्न आवश्यक रणनीति र कार्यक्रम तय गर्ने,

(ग) विदेशी लगानीमा आधारित उद्योग, तथा पूर्वाधार संरचना को स्थापनाको लागि स्वीकृति दिने तथा विदेशी लगानीको प्रबर्द्धन गर्ने,

(घ) विदेशी लगानीको अभिवृद्धि , विस्तार तथा संरक्षण गरी विदेशी लगानीको लागि सहजीकरण गर्ने,

(ङ) विदेशी लगानीको नीतिगत तथा कार्यान्वयनको तहमा समन्वय कायम गर्ने,

(च) विदेशी लगानी सम्बन्धी नीति तथा कानूनको कार्यान्वयनमा सहयोग गर्ने,

(छ) विदेशी लगानीकर्तालाई एकल बिन्दु सेवा केन्द्रबाट सेवा उपलब्ध गराउने व्यवस्था गर्ने,

(ज) विदेशी लगानीको स्वीकृति तथा सेवा प्रवाहको काम कारबाही उचित ढङ्गले सञ्चालन भए वा नभएको जानकारी लिई सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,

(झ) दफा २० बमोजिमको विदेशी लगानी वा आर्जित रकम फिर्ता लैजाने सम्बन्धमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको कार्यान्वयनमा कुनै समस्या देखिए सहजीकरण गर्ने,

(ञ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।

Share this Law

दफा २१ः बोर्डको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.