परिच्छेद -६ विविध

दफा ४२ः मध्यस्थता सम्बन्धी मिसिल

Estimated reading: 0 minutes 7 views

१) मध्यस्थले पक्षहरुले पेश गरेको लिखत तथा प्रमाणहरु, सम्बन्धित व्यक्तिहरुलाई गराएको बयान, आफ्नोनिर्णय र मध्यस्थतासँग सम्बन्धित सबै कागजातहरुमा मिति र समय जनाई सिलसिलेवार तरिकाबाट मिसिल तयार गर्नु पर्नेछ।

२) मध्यस्थले मध्यस्थता सम्बन्धी कारबाही अन्तिम भएपछि तत्सम्बन्धी मिसिल जिल्ला अदालतमा बुझाउनु पर्नेछ।

३) उपदफा (२) बमोजिम प्राप्त मिसिल जिल्ला अदालतले आफूले गरेको फैसलाको मिसिल सरह सुरक्षित साथ राख्नु पर्नेछ।

४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरुको सहमति बिना मध्यस्थको निर्णय र सोसँग सम्बन्धित लिखतको नक्कल पक्षहरु बाहेक अन्य व्यक्तिलाई दिइने छैन।

Share this Law

दफा ४२ः मध्यस्थता सम्बन्धी मिसिल

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.