दफा २१ः मध्यस्थको अधिकार

Estimated reading: 1 minute 321 views

१) सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक मध्यस्थको अधिकार देहाय बमोजिम हुनेछः-

(क) पक्षहरुलाई आफू समक्ष उपस्थित गराउने, कागजपत्र पेश गर्न लगाउने र आवश्यकतानुसार बयान लिने,

(ख) साक्षीहरुलाई बकपत्र गराउने,

(ग) कुनै खास विषयमा विशेषज्ञ नियुक्त गरी जाँच गराउने वा राय लिने,

(घ) कुनै पक्ष विदेशी नागरिक भएको कारणले आफूले दिएको निर्णय कार्यान्वयन हुन सक्ने किसिमको अवस्था नभएमा मध्यस्थले तोके बमोजिमको बैङ्क ग्यारेण्टी वा अन्य उपयुक्त जमानत लिने,

(ङ) पक्षको अनुरोधमा वा आफैले उपयुक्त देखेमा विवादसँग सम्बन्धित स्थान, वस्तु उत्पादन, संरचना, उत्पादन प्रक्रिया वा सोसँग सम्बन्धित अन्य कुराको निरीक्षण गर्ने तथा नासिने बिग्रिने किसिमका चीज वस्तु भएमा पक्षहरुसँग परामर्श गरी बिक्री गरी आएको रकम धरौट राख्ने,

(च) पक्षहरुले प्रदान गरेको कुने खास अधिकारको प्रयोग गर्ने,

(छ) प्रारम्भिक आदेश, कुनै पक्षको अनुरोधमा विवादको विषयवस्तुसँग सम्बन्धित कुनै कुरामा अन्तरिम आदेश वा अन्तरकालीन आदेश जारी गर्ने वा शर्त सहितको निर्णय गर्ने,

(ज) लिखतको प्रमाणित नक्कल दिने,

(झ) यस ऐनले प्रदान गरेको अन्य अधिकारको प्रयोग गर्ने ।

२) उपदफा (१) को खण्ड (छ) बमोजिम मध्यस्थले दिएको आदेश उपर चित्त नबुझ्ने पक्षले पन्ध्र दिनभित्र उच्च अदालतमा निवेदन दिन सक्नेछ र सो सम्बन्धमा उच्च अदालतले गरेको निर्णय अन्तिम हुनेछ ।

Share this Law

दफा २१ः मध्यस्थको अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.