एकल शेयरधनी भएको कम्पनी संस्थापना गर्नको लागि दिने निवेदनको ढाँचा

अनुसूची -२
(दफा ४ को उपदफा (१) सँग सम्बन्धित)
एकल शेयरधनी भएको कम्पनी संस्थापना गर्नको लागि दिने निवेदनको ढाँचा

श्रीमान् रजिष्ट्रारज्यू,

कम्पनी रजिष्ट्रारको कार्यालय

…………………………….।

विषय: कम्पनी संस्थापना गरी पाऊँ।

महोदय,

            मेरो …………………………………….. नामको एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी संस्थापना गर्ने इच्छा भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ४ को उपदफा (१) बमोजिम कम्पनी संस्थापना गर्न तपसिल बमोजिमका कागजातहरु संलग्न राखी यो निवेदन पेश गरेको छु । उक्त नामको कम्पनी मेरो नाममा दर्ता गरी पाऊँ ।

तपसिल

१.प्रबन्धपत्र दुई प्रति,

२.नियमावली दुई प्रति (यदि कम्पनी ऐन, २०६३ को दफा ४ को उपदफा (२) को व्यवस्था अनुसार कम्पनी संस्थापनाको लागि तोकिएको ढाँचाको नियमावलीलाई नै स्वीकार गर्ने भए छुट्टै नियमावली पेश गर्नु पर्दैन । तर तोकिएको ढाँचाको नियमावली नै स्वीकार गर्ने कुरा खुलाउनु पर्दछ),

३. संस्थापक नेपाली नागरिक भएमा संस्थापकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

४. कम्पनी संस्थापना गर्ने बारे सम्बन्धित निकायको पूर्व स्वीकृति वा इजाजतपत्र (कुनै निकायको पूर्व स्वीकृति वा इजाजतपत्र चाहिने भएमा मात्र)

५. संस्थापक संगठित संस्था भए,

(क) संस्था दर्ता प्रमाणपत्र,

(ख) कम्पनी संस्थापना बारे सञ्चालक समितिको निर्णय,

(ग) संस्थापना वा दर्ताको प्रमाणपत्र तथा संस्थापना सम्बन्धी प्रमुख लिखतहरू,

(घ) संस्थापकको रूपमा संगठित संस्थाको प्रतिनिधित्व गर्ने व्यक्तिको नियुक्ति सम्बन्धी लिखत।

६. विदेशी लगानी हुने भए ,

(क) विदेशी लगानी बारे सम्बन्धित निकायको अनुमति पत्र,

(ख) संस्थापक विदेशी व्यक्ति भए निज कुन मुलुकको नागरिक हो सो खुल्ने प्रमाण वा राहदानीको प्रतिलिपि,

(ग) संस्थापक विदेशी संगठित संस्था भए संस्थापनाको प्रमाणपत्रको प्रतिलिपि तथा संस्थापना सम्बन्धी प्रमुख लिखतहरू (जस्तै- प्रबन्धपत्र, नियमावली वा विधान)।

७. म/हामीले सरकारी वा सार्वजनिक संस्थानहरूलाई बुझाउनु पर्ने बाँकी बक्यौता छैन।

८. उपर्युक्त व्यहोरा ठीक साँचो छ, झुटृा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

मितिः                                     

 निवेदक

                                   नाम, थरः

                  दस्तखतः

                                                      स्थायी ठेगानाः

हालको ठेगानाः

टेलिफोनः

मोवाईलः

फ्याक्स नं.:

पोष्टवक्स नम्बरः

इमेलः

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.