अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४
दफा ७ः रकम फिर्ता लैजान पाउने
अनुमतिपत्र प्राप्त संस्थाले अन्तर्राष्ट्रिय वित्तीय कारोबार गरी आर्जन गरेको विदेशी मुद्रा र त्यस्तो संस्थाले अन्तर्राष्ट्रिय वित्तीय कारोबारको लागि ल्याएको विदेशी मुद्रा नेपाल 1………. बाहिर फिर्ता लैजान पाउनेछ।
तर अवैध तथा गैरकानुनी ठहर हुने कुनै काम गरे बापत आर्जित सम्पत्ति वा पूँजी फिर्ता लैजान पाउने छैन।
1 गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।