दफा ९ः प्रवर्द्धन समितिको गठन

Estimated reading: 1 minute 370 views

१) अन्तर्राष्ट्रिय वित्तीय कारोबारलाई प्रवर्द्धन गरी नेपाललाई एक अन्तर्राष्ट्रिय वित्तीय कारोवार केन्द्रको रूपमा विकास गर्नको लागि देहायका सदस्यहरू रहेको एक अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समितिको गठन हुनेछ:-

(क) अर्थ मन्त्री वा अर्थ राज्यमन्त्री अध्यक्ष
(ख) 1………… ………
(ग) उपाध्यक्ष, राष्ट्रिय योजना आयोग सदस्य
(घ) गभर्नर, नेपाल राष्ट्र बैङ्क सदस्य
(ङ) सचिव, अर्थ मन्त्रालय सदस्य
(च) सचिव, 2कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सदस्य
(छ) वित्तीय कारोबारमा अनुभव हासिल गरेका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना सदस्य

२) प्रवर्धन समितिले अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा संलग्न स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई प्रवर्द्धन समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।

३) उपदफा (१) को खण्ड (छ) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ।

४) प्रवर्डन समितिले नेपाल राष्ट्र बैङ्कको सहमति लिई तोकिदिएको उक्त बैड्को कुनै अधिकृत कर्मचारीले प्रवर्द्धन समितिको सचिव भई काम गर्नेछ।

५) प्रवर्द्धन समितिको बैंठक सम्बन्धी कार्यविधि तोकिएवमोजिम हुनेछ।

६) प्रवर्दन समितिका सदस्यहरूले तोकिएबमोजिमको भत्ता तथा सुविधा पाउने छन्‌।

1 गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।

2 नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्धारा संशोधित।

Share this Law

दफा ९ः प्रवर्द्धन समितिको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.