अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४

दफा १७ः गोपनियता कायम राख्नु पर्ने

Estimated reading: 0 minutes 55 views

१) कार्यान्वयन समितिले अनुमतिपत्र प्राप्त संस्थासँग सम्बन्धित आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको सबै कागजातहरू तथा सूचनाहरू गोप्य राख्नु पर्नेछ।

२) उपदफा (१) मा उल्लेखित कागजात तथा सूचनाहरू कुनै पनि अदालत, जाँचबुझ आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग वा जाँचबुझ समितिमा पेश गर्न वा अन्य कुनै पनि तवरबाट त्यस्तो कागजात वा सूचनाहरूको गोपनियता भङ्ग गर्न कार्यान्वयन समिति बाध्य हुने छैन।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र प्राप्त संस्थाले गर्ने अन्तर्राष्ट्रिय वित्तीय कारोबारसँग सम्बन्धित कागजात तथा सूचनाहरू अवैध लागू औषध वा अवैध हातहतियारसँग सम्बन्धित भएको कुरा प्रमाणित गर्ने पर्याप्त आधारहरू भएमा नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने अधिकारीको अनुरोधमा अदालतले त्यस्ता कागजात तथा सूचनाहरू अदालत समक्ष पेश गर्ने आदेश दिन सक्नेछ ।

Share this Law

दफा १७ः गोपनियता कायम राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.