दफा १२ः कार्यान्वय समितिको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 355 views

यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त कार्यान्वयन समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) अनुमतिपत्र प्राप्त संस्थाले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा अन्तर्राष्ट्रिय वित्तीय कारोबारसँग सम्बन्धित अन्य प्रचलित कानुनबमोजिम अन्तर्राष्ट्रिय वित्तीय कारोबार गरे नगरेको अनुगमन तथा सुपरीवेक्षण गर्ने,

(ख) नेपाललाई एक आकर्षक अन्तर्राष्ट्रिय वित्तीय कारोबार केन्द्रको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई दिनु पर्ने सुविधा सम्बन्धमा प्रवर्द्धन समितिलाई सुझाव दिने,

(ग) अन्तर्राष्ट्रिय वित्तीय कारोबारलाई प्रभावकारी एवं व्यवस्थित रूपबाट सञ्चालन गर्नको लागि अन्तर्राष्ट्रिय वित्तीय कारोबारसँग सम्बन्धित प्रचलित कानुनहरूमा हुनु पर्ने सुधारका सम्बन्धमा प्रवर्द्धन समितिलाई सुझाव दिने,

(घ) अनुमतिपत्र प्राप्त संस्थाले यस ऐन: बमोजिम पालन गर्नु पर्ने शर्तहरु पूरा गरे नगरेको सम्बन्धमा जाँचबुझ गर्ने र नगरेको देखिएमा गर्न लगाउने,

(ङ) अनुमतिपत्र प्राप्त संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय कारोबारका सम्बन्धमा आवश्यक निर्देशन दिने,

(च) अन्तर्राष्ट्रिय वित्तीय कारोवारको प्रवर्द्धन तथा विकासको लागि स्वदेशी वा विदेशी विशेषज्ञ तथा विशिष्टीकृत निकायको सेवा प्राप्त गर्ने,

(छ) प्रवर्द्धन समितिले समय समयमा दिएको निर्देशनहरूको पालना गर्ने,

(ज) अनुमतिप्राप्त संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा अन्तर्राष्ट्रिय वित्तीय कारोबारसँग सम्बन्धित अन्य प्रचलित कानुनको उल्लङ्घन गरेमा त्यस्तो संस्थाले पाएको अनुमतिपत्र अवस्था अनुसार निलम्बन वा खारेज गर्ने,

तर त्यसरी खारेज गर्नु अघि त्यस्तो संस्थालाई सफाइ पेश गर्ने मौका दिनु पर्नेछ ।

(झ) अन्तराष्ट्रिय वित्तिय कारोबारलाई प्रभावकारी बनाउन तोकिए बमोजिमको अन्य काम गर्ने ।

Share this Law

दफा १२ः कार्यान्वय समितिको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.