अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४

दफा २ः परिभाषा

Estimated reading: 1 minute 9 views

विषय वा प्रसंङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “अन्तर्राष्ट्रिय वित्तीय कारोबार” भन्नाले अनुमतिपत्र प्राप्त संस्थाले यस ऐन बमोजिम सञ्चालन गर्ने कुनै वित्तीय कारोवार सम्झनु पर्छ ।

(ख) “अन्तर्राष्ट्रिय वित्तीय संस्था” भन्नाले दफा ४ बमोजिमको वित्तीय संस्था सम्झनु पर्छ ।

(ग)  “प्रवर्दन समिति” भन्नाले दफा ९ बमोजिम गठन भएको अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समिति सम्झनु पर्छ ।

(घ) “अनुमतिपत्र” भन्नाले यस ऐन बमोजिम अन्तर्राष्ट्रिय वित्तीय कारोबार गर्नको लागि दफा १४ बमोजिम दिईएको अनुमतिपत्र सम्झनु पर्छ ।

(ङ) “अनुमतिपत्र प्राप्त संस्था” भन्नाले यस ऐन बमोजिम अन्तर्राष्ट्रिय वित्तीय कारोबार गर्न अनुमतिपत्र प्राप्त अन्तर्राष्ट्रिय वित्तीय संस्था सम्झनु पर्छ ।

(च)  “कार्यान्वय समिति” भन्नाले दफा ११ बमोजिम गठन भएको अन्तर्राष्ट्रिय वित्तीय कारोबार कार्यान्वयन समिति सम्झनु पर्छ ।

(छ)  “नेपालमा वसोवास गर्ने व्यक्ति” भन्नाले देहायको कुनै व्यक्ति सम्झनु पर्छ:-

(१) नोकरी, व्यापार वा अन्य कुनै व्यवसाय गरी वा अन्य कुनै कामले तोकिएकोभन्दा बढी अवधिको लागि नेपाल  1………. बाहिर बसोबास गरिरहेका नेपाली नागरिक बाहेक अरु नेपाली नागरिक,

(२) नोकरी व्यापार वा अन्य कुनै व्यवसाय गरी तोकिएकोभन्दा बढी अवधिको लागि नेपालमा वसोवास गरिरहेका गैर नेपाली नागरिक,

(३) प्रचलित कानुनबमोजिम नेपालमा दर्ता भएको कुनै संस्था ।

(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।

1गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।

Share this Law

दफा २ः परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.