कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित
………….(कम्पनीको पुरा नाम)
(मुनाफा वितरण नगर्ने कम्पनी) को
प्रबन्धपत्र
१. कम्पनीको नामः यस कम्पनीका “………………………………………” कम्पनीको पुरा नाम हुनेछ।
२. कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगानाः यस कम्पनीको रजिष्टर्ड कार्यालय …………….जिल्ला, …………………. न.पा./ग.पा. वडा नं. …….. मा रहनेछ।
३. कम्पनीले गर्ने व्यवसाय वा कारोबारको प्रकृतिः यस कम्पनीले सेवा मूलक काम गर्नेछ।
४. कम्पनीको उद्देश्यः (१) यस कम्पनीको उद्देश्य देहाय बमोजिम हुनेछः
(क) यो संस्था विशुद्ध, सामाजिक सेवा गर्ने मुनाफा रहित गैरसरकारी संस्था हुनेछ।
(ख) युवा वर्गको सीप र दक्षता बढाउन विभिन्न खालको क्रियाकलापहरूको आयोजना गर्नुको साथै छरिएर रहेको युवा शक्तिलाई एकीकृत गरी देशको समग्र विकासमा योगदान पुर्याउने।
(ग) ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक हरोहरहरूका रूपमा रहेका हाम्रा बहा-बहि, कला-संस्कृति, रीति-रिवाज, भेष-भुषा, रहन-सहन, भाषा-लिपि आदिको संरक्षणको लागि आवश्यक पहल गर्ने ।
(घ) स्थलगत भ्रमण र खोज तथा अध्ययनका आधारमा लोक तथा परम्परागत गीत-संगीत र भाका शैलीबारे अन्तरविधात्मक पाटोबाट विश्लेषण गर्ने ।
(ङ) पंचशीलको सिद्धान्तमा रहि सामाजिक सुधार एवं राष्ट्रलाई हित हुने सेवा मूलक कार्यहरू संचालन गर्ने ।
(च) व्यक्तित्व विकास सम्बन्धी गोष्ठी, तालिम, अन्तरक्रिया, प्रदर्शनी आदि गर्ने । विभिन्न खेलकुद, सांगितिक तथा अन्य प्रतियोगिता आयोजना गर्ने ।
(छ) पुस्तकालय तथा वाचनालयको स्थापना गर्ने ।
(ज) विभिन्न अवसरहरूमा स्वयम् सेवकको भूमिका निर्वाह गर्ने ।
(झ) आर्थिक अवस्था कमजोर भएकाहरुको लागि स्वास्थ्य सेवा, शिक्षा र रोजगारीको प्रबन्ध मिलाई दिने ।
(ञ) संस्था सम्बन्धी विवाद आएमा आपसी सहमतिको आधारमा यसै विधान अनुसार विवाद समाधान गरिनेछ ।
(ट) प्रस्तावित उद्देश्य प्राप्तिको क्रममा कुनै पनि निकायबाट स्वीकृति दिनु पर्ने भए सो प्रक्रिया पुरा गरेपछि मात्र कार्य सम्पादन गरिने छ ।
(२) कम्पनीले उपदफा(१) बमोजिमको उद्देश्य प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट अनुमित वा इजाजत प्राप्त गर्नु पर्ने भएमा सो प्राप्त गरी मात्र कार्यान्वयन गरिने छ।
(३) उपदफा (१) मा उल्लिखित उद्देश्यको सम्बन्धमा अनुमति वा इजाजत प्राप्त गरेको १५(पन्ध्र) दिनभित्र त्यस्तो अनुमति वा इजाजतपत्रको प्रतिलिपि कार्यालयमा पेश गरिनेछ।
५. कम्पनीको उद्देश्य प्राप्त गर्न गरिने कामहरुः यस कम्पनीले दफा ४ बमोजिमका उद्देश्य प्राप्त गर्न देहायका कामहरू गर्न सक्नेछः
(क) कम्पनीलाई आवश्यक पर्ने जग्गा, भवन, सवारी साधन र आवश्यक उपकरण खरिद बिक्री गर्ने वा भाडामा लिई प्रयोग गर्न सक्नेछ ।
(ख) कम्पनीलाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्न सक्नेछ।
(ग) कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने र सञ्चालन गर्न सक्नेछ ।
(घ) कम्पनीलाई आवश्यक पर्ने रकम बैंक वा कुनै वित्तीय संस्थाबाट कम्पनीले धितो राखी वा नराखी कर्जा लिन सक्नेछ ।
(ङ) अन्य आवश्यक कुराहरू कम्पनीले आफ्नो उद्देश्य प्राप्त गर्न निम्न कार्यहरू समेत गर्न सक्नेछ ।
(१)
(२)
(३)
(४)
६. कम्पनीको प्रारम्भिक पूँजी रकमः कम्पनीको प्रारम्भिक पूंजी रकम रु………..(……………. रुपैयाँ मात्र) हुनेछ। प्रारम्भिक पूंजी रकम सदस्यता शुल्क र सदस्यहरूबाट स्वेच्छिक योगदान मार्फत प्राप्त गरिनेछ।
७. कम्पनीको लागि शेयर पूँजी आवश्यक नपर्नेः (१) यो कम्पनी संस्थापना गर्दा कुनै शेयर पूँजी आवश्यक पर्ने छैन।
तर कम्पनीले आफ्ना सदस्यहरुबाट सदस्यता शुल्क प्राप्त गर्न र आफ्नो उद्देश्य पूरा गर्न कानून बमोजिम कसैबाट कुनै दान वा अनुदान प्राप्त गर्न सक्नेछ।
(२) कम्पनीका सदस्यहरूले दफा ९ मा खुलाए बमोजिम सदस्यता शुल्क बुझाउनुपर्ने छ ।
(३) कम्पनीका सदस्यहरूबाट प्राप्त रकम वा अन्य अनुदान रकम छुट्टै कोषमा जम्मा गरिनेछ र सो कोषमा रहेको रकम कम्पनीको पूँजी हुनेछ । यस्तो रकम कम्पनीको नियमित कारोबारको सिलसिलामा वा कम्पनीको उद्देश्य हासिल गर्न खर्च गर्न सकिनेछ ।
(४) कम्पनीको खास खास उद्देश्य परिपूर्ति गर्न छुट्टै अक्षय कोषको स्थापना र कम्पनीको संस्थापकले आवश्यक र निर्णय गरे बापत हुनेछ ।
८. मुनाफा वितरण गर्न नपाउनेः (१) कम्पनीले आर्जन गरेको मुनाफाबाट लाभांश, बोनस वा अन्य कुनै रकम यसका सदस्य वा कर्मचारीलाई वितरण गरिने छैन ।
(२) कम्पनीले आर्जन गरेको मुनाफा कम्पनीको पूँजी वृद्धि गर्न वा कम्पनीको उद्देश्य प्राप्तिका लागि मात्र खर्च गरिनेछ।
९. कम्पनीको सदस्यता प्राप्ति र नवीकरणः (१) कम्पनीमा चार प्रकारका सदस्यहरू हुनेछः
(क) साधारण सदस्यः दफा ९ (२) बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिक तोकिएको प्रक्रिया पुरा गरी कम्पनीको सदस्यता प्राप्त गरेमा त्यस्ता व्यक्ति कम्पनीको साधारण सदस्य हुनेछन्।
(ख) संस्थापक सदस्यः कम्पनीको संस्थापनाको बखत प्रबन्धपत्र तथा नियमावलीमा हस्ताक्षर गर्ने व्यक्तिहरू कम्पनीको संस्थापक सदस्य हुनेछन्।
(ग) मानार्थ सदस्यः सञ्चालक समितिले उपयुक्त ठानेको तोकिएको क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्याएका प्रतिष्ठित व्यक्तिलाई मानार्थ सदस्य प्रदान गर्न सकिनेछ।
(घ) आजीवन सदस्यः कम्पनीको उद्देश्य प्राप्ति, उत्थान तथा विकासमा विशेष योगदान पुर्याउने व्यक्तिलाई तोकिएको प्रकिया पुरा गरी आजीवन सदस्यता प्रदान गरिनेछ।
(२) कम्पनीको सदस्यता प्राप्तिका लागि देहाय बमोजिमको योग्यता पुगेको हुनुपर्नेछः
(क) नेपाली नागरिकता भएको तर, मानार्थ सदस्यताका लागि नेपाली नागरिक हुनु पर्ने छैन।
(ख) १८ वर्षको उमेर पुगेको व्यक्ति हुनु पर्नेछ ।
(ग) मानसिक सन्तुलन नगुमाएको हुनु पर्नेछ ।
(घ) सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको हुनु पर्नेछ ।
(ङ) नैतिक पतन देखिने फौजदारी वा भ्रष्टाचार अभियोगमा सजाय नपाएको हुनु पर्नेछ।
(च) अन्य कम्पनी वा संस्थाको रकम हिनामिना गरी कारबाहीमा नपरेको हुनु पर्नेछ ।
(३) कम्पनीका सदस्यहरूले देहाय बमोजिम आफ्नो सदस्यता नवीकरण गर्नु पर्नेछः
(क) कम्पनीको सामान्य सदस्यता प्राप्त गर्ने सदस्यले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ (तीन) महिना भित्र आफ्नो सदस्यता नवीकरण गरी सक्नु पर्नेछ।
(ख) खण्ड (क) बमोजिमको म्यादभित्र सदस्यता नवीकरण नगराई सो अवधि व्यतीत भएको मितिले ३ (तीन) महिना भित्र सदस्यता नवीकरण गराउन आएमा सदस्यता शुल्क बराबरको रकम जरिवाना लिई संचालक समितिले सदस्यता नवीकरण सदस्यता नवीकरण गर्न सक्नेछ।
(ग) खण्ड (ख) बमोजिमको थप म्यादभित्र पनि सदस्यता नवीकरण नगराएमा त्यस्तो सदस्यको सदस्यता स्वतः खारेज हुनेछ।
(४) कम्पनीको सदस्यता शुल्क देहाय बमोजिम हुनेछः
(क) कम्पनीको साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले आवेदन शुल्क बापत रु…….. र सदस्यता शुल्क बापत रु………. बुझाई साधारण सदस्यता प्राप्त गर्न सक्नेछ। त्यस्ता साधारण सदस्यले वार्षिक नवीकरण शुल्क रु…….. बुझाउनु पर्नेछ।
(ख) कम्पनीका सदस्यहरूले सदस्यता शुल्क बापत एकमुष्ट रु………. रकम प्रदान गरी कम्पनीको आजीवन समय सदस्य हुन सक्छ। आजीवन समय सदस्यले नवीकरण शुल्क प्रदान गर्नुपर्ने छैन।
(५) कुनै व्यक्ति वा संस्थालाई सदस्यता प्रदान गर्ने वा नगर्ने एकलौटी अधिकार संचालक समितिमा निहित रहनेछ। संचालक समितिले सदस्यता प्रदान गर्ने निर्णय गरेमा मात्र कम्पनीको सदस्यता प्रदान गरिनेछ।
(६) संचालक समितिले कम्पनीको सदस्यता प्राप्त गर्नको लागि आवश्यक योग्यता, सदस्यता, सम्बन्धी आवश्यक मापदण्ड लगायतका अन्य विषयहरूमा आवश्यक नियम बनाउन सक्नेछ ।
(७) यस प्रबन्धपत्रमा उल्लेख भएका सदस्यको प्रकार बाहेक अन्य कुनै किसिमको सदस्यता दिनु पर्ने भएमा संचालक समितिले सो सम्बन्धमा निर्णय गर्ने अधिकार राख्नेछ । त्यस्ता सदस्यहरूको साधारण सभामा मतदान गर्ने अधिकार रहने छैन।
(८) मानार्थ सदस्य तथा प्रबन्धपत्रमा उल्लेख गरेको वर्गीकरण बाहेक कम्पनीले वर्गीकरण गरेको अन्य कुनै सदस्य समूहले साधारण सभामा मतदान गर्ने अधिकार पाउने छैनन् ।
१०. सदस्यता हस्तान्तरण नहुनेः कम्पनीको सदस्यता कुनै किसिमले हस्तान्तरण हुन सक्ने छैन।
११. सदस्यता समाप्त हुने अवस्थाः (१) यस कम्पनीका सदस्यको सदस्यता देहायको अवस्थामा कायम रहने छैनः
(क) कम्पनीको सदस्यताबाट राजीनामा दिएमा,
(ख) कम्पनीको सदस्यको मृत्यु भएमा,
(ग) कुनै संगठित संस्था कम्पनीको सदस्य भएकोमा त्यस्तो संस्था खारेज भएमा वा अन्य संगठित संस्थासँग गाभिएमा,
(घ) कम्पनीको सदस्य दामासाहीमा परेमा,
(ङ) प्रचलित कानून बमोजिम कम्पनीको सदस्य कायम रहन अयोग्य भएमा,
(च) दफा ९(२) बमोजिमको सदस्य पद प्राप्त गर्ने योग्यता नभएमा,
(छ) कम्पनीको उद्देश्य विपरीतको काम कारबाही गरेमा वा कम्पनीको प्रतिष्ठानमा प्रतिकूल असर पुर्याउने कुनै कार्य गरेमा,
(ज) दफा ९(३) बमोजिम सदस्यता नवीकरण नगरेमा,
(झ) साधारण सभाले सदस्य पदबाट हटाउने साधारण प्रस्ताव पारित गरेमा।
(२) कुनै व्यक्ति कम्पनीको सदस्यता कायम रहन नसक्ने गरी अयोग्य ठहराउनु भन्दा अघि कम्पनीले निजलाई सो कुराको सूचना दिइ, सफाईको सबुद प्रमाण पेश गर्ने मौका दिनु पर्नेछ।
१२. दायित्व सीमित हुनेः कुनै सदस्यले लिखित रूपमा स्वीकार गरेको अवस्थामा बाहेक कम्पनीको ऋण वा दायित्वमा यसको सदस्य जिम्मेवार हुने छैन।
१३. अन्य आवश्यक कुराहरुः (१) कम्पनीको संस्थापना गर्दा लागेको खर्च कम्पनीले नै व्यहोर्नेछ।
(२) कम्पनीले कारोबार शुरु गर्दाको अवस्थामा संस्थापक वा अन्य कुनै व्यक्तिबाट कुनै किसिमसँग सम्पत्ति प्राप्त गरेको छैन।
१४. कम्पनीको प्रकृति अनुरूप कुनै थप व्यवस्था गर्ने भए सो कुरा खुलाउनेः नभएको।
१५. प्रबन्धपत्र संशोधन भएमा लागू हुने अवस्थाः यस प्रबन्धपत्रमा कम्पनीले कुनै संशोधन गर्नु पर्ने भएमा साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी सो निर्णय कार्यालयमा अभिलेख भएपछि मात्र प्रबन्धपत्र संशोधन भएको मानिने छ।
१६. प्रवन्धपत्र बाझिएको हदसम्म अमान्य हुनेः यस प्रवन्धपत्रमा लेखिएको कुरा प्रचलित कम्पनी ऐन वा अन्य प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः बदर हुनेछ।
१७. संस्थापकहरूको विवरण र उदघोषणः हामी “………” (कम्पनीको पुरा नाम) का संस्थापकहरूले यो कम्पनी संस्थापना गरी प्रचलित कानून बमोजिम सञ्चालन गर्न मञ्जुर गरेका छौं । यो प्रबन्धपत्रमा उल्लेखित हाम्रो नाम, ठेगाना, हस्ताक्षर र साक्षी सम्बन्धी व्यहोरा ठीक साँचो हो। कुनै कारणले झुटृा ठहरिन गएमा कम्पनी दर्ता पश्चात् सिर्जना हुने दायित्व व्यहोर्न हामी तयार छौं । यो प्रबन्धपत्रमा लेखिएका कुरा साँचो हो, झुटृा ठहरे कानून बमोजिम सहन बुझाउन मञ्जुर छौं भनी सहीछाप गरेका छौं।
संस्थापकको नाम, ठेगाना र सहीछाप | बाबुको नाम | ना. नं. र जिल्ला | साक्षीको नाम थर ठेगाना र सहीछाप | साक्षीको नागरिकता नं. |
---|---|---|---|---|
द. .................... नामः ठेगानाः दा. बा. |
द. .................... नामः ठेगानाः दा. बा. |
|||
द. .................... नामः ठेगानाः दा. बा. |
द. .................... नामः ठेगानाः दा. बा. |
मस्यौदाकारः
नामः
इति संवत् २०…. साल ……….. महिना ……. गते रोज …… शुभम् ………………………………….।