दफा ११ः कार्यान्वयन समितिको गठन

Estimated reading: 1 minute 333 views

(१) अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय कारोबार गर्नको निमित्त अनुमतिपत्र प्रदान गर्न तथा त्यस्ता संस्थाले सञ्चालन गर्ने वित्तीय कारोबारलाई व्यवस्थित गर्नको लागि देहायका सदस्यहरू रहेको एक अन्तर्राष्ट्रिय वित्तीय कारोबार कार्यान्वयन समितिको गठन हुनेछ:-

(क) गभर्नर, नेपाल राष्ट्र बैङ्क अध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालय सदस्य
(ग) सचिव, “कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सदस्य
(घ) चार्टर्ड एकाउन्टेन्टहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना सदस्य
(ङ) अर्थ विद्हरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना सदस्य

२) कार्यान्वयन समितिले अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा संलग्न स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई कार्यान्वयन समितिको बैठकमा पर्यवेक्षको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

३) उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।

४) कार्यान्वयन समितिले नेपाल राष्ट्र बैङ्कको सहमति लिई तोकिदिएको उक्त बैङ्कको कुनै अधिकृत कर्मचारीले कार्यान्वयन समितिको सचिव भई काम गर्नेछ ।

५) कार्यान्वयन समितिको कार्यालय नेपाल राष्ट्र बैङ्कमा रहनेछ ।

६) कार्यान्वयन समितिको बैठक सम्बन्धी कार्यविधि तोकिएबमोजिम हुनेछ ।

७) कार्यान्वयन समितिका सदस्यहरूले तोकिएवमोजिमको भत्ता तथा सुविधा पाउने छन्‌ ।

Share this Law

दफा ११ः कार्यान्वयन समितिको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.