अनुसूची– ११
(दफा १८ को उपदफा (६) सँग सम्बन्धित)
पब्लिक लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा
कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित
…………………(कम्पनीको पूरा नाम लेख्ने) पब्लिक लिमिटेड कम्पनीको
प्रबन्धपत्र
१. कम्पनीको नामः यस कम्पनीको नाम………………………………………………हुनेछ।
२. कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगानाः यस कम्पनीको रजिष्टर्ड कार्यालय ……………………. जिल्ला ………………..नगरपालिका/गा.वि.स. मा रहनेछ।
३.कम्पनीले गर्ने व्यवसाय वा कारोबारको प्रकृतिः कम्पनीले गर्ने व्यवसाय वा कारोबार उत्पादन मूलक, व्यापार मूलक, सेवा मूलक वा अन्य कुन प्रकृतिको हो सो खुलाउने।
४.कम्पनीको उद्देश्यः (१) यस कम्पनीको उद्देश्य देहाय बमोजिम हुनेछः
(क)
(ख)
(ग)
(घ)
(२) कम्पनीले उपदफा (१) बमोजिमको उद्देश्य कार्यान्वयन गर्न प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गर्नु पर्ने भएमा सो प्राप्त भएपछि मात्र कार्यान्वयन गरिनेछ ।
(३) उपदफा (१) मा उल्लिखित उद्देश्यका सम्बन्धमा अनुमति वा इजाजत प्राप्त गरेको पन्ध्र दिनभित्र त्यस्तो अनुमति वा इजाजतपत्रको प्रतिलिपि कार्यालयमा पेश गरिनेछ ।
५. कम्पनीको उद्देश्य प्राप्त गर्न गरिने कामहरुः यस कम्पनीले दफा ४ बमोजिमका उद्देश्य प्राप्त गर्न देहायका कामहरू गर्न सक्नेछः
(क) कम्पनीलाई आवश्यक पर्ने जग्गा, भवन, सवारी साधन र आवश्यक उपकरण खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्ने,
(ख) कम्पनीलाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्ने,
(ग) कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने र सञ्चालन गर्ने ,
(घ) कम्पनीलाई आवश्यक पर्ने रकम बैंंक वा कुनै वित्तीय संस्थाबाट कम्पनीले धितो राखी वा नराखी कर्जा लिने,
(ङ) कम्पनीको नामबाट शेयर तथा डिबेन्चर खरिद गर्ने तथा त्यसलाई बिक्री गर्ने ।
(अन्य आवश्यक कुराहरु भए खुलाउने)
६. कम्पनीको पूँजीको संरचनाः कम्पनीको पूँजीको संरचना देहाय बमोजिम हुनेछः
(क) कम्पनीको अधिकृत पूँजी रु. …………… हुनेछ । सो पूँजीलाई प्रति शेयर रु. …. दरका ……… थान साधारण शेयर र ……….. थान अग्राधिकार शेयर (यदि अग्राधिकार शेयर जारी गरिने भए) मा विभाजन गरिएको छ ।
(ख) कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी रु …………………………………………हुनेछ । सो पूँजीलाई प्रति शेयर रु. …. दरका ………. थान साधारण शेयर र ……….. थान अग्राधिकार शेयर (यदि अग्राधिकार शेयर जारी गरिने भए) मा विभाजन गरिएको छ ।
(ग) कम्पनीका संस्थापकहरूले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजी रु……………………हुनेछ ।
(घ) कम्पनीले जारी पूँजीको ……प्रतिशत साधारण शेयर र ………… प्रतिशत अग्राधिकार शेयर सर्वसाधारणको लागि छुट्याएको छ।
७. कम्पनीको शेयरको किसिमः (१) कम्पनीले साधारण शेयर मात्र जारी गर्ने हो वा साधारण र अग्राधिकार दुवै प्रकारका शेयर जारी गर्ने हो सो कुरा खुलाउने।
(२) अग्राधिकार शेयर जारी गर्ने भए निम्न व्यहोरा खुलाउनेः
(क) अग्राधिकार शेयर संख्या …. र प्रति शेयरको मूल्य रु. ……..,
(ख) अग्राधिकार शेयरधनीको हक अधिकार सम्बन्धी व्यवस्था,
(ग) अग्राधिकार शेयर साधारण शेयरमा परिणत हुने वा नहुने सो कुरा ।
(३) अन्य कुनै प्रकारको शेयर जारी हुने भए सो कुराको विवरण खुलाउने ।
८. शेयर खरिद वा हस्तान्तरण गर्न कुनै बन्देज रहेको भए सो कुराः
(क)
(ख)
(ग)
(आवश्यकतानुसार क्रम संख्या मिलाई खुलाउने)
९. शेयर बापतको रकमको भुक्तानीः (१) कम्पनीले आफ्नो आवश्यकतानुसार सञ्चालक समितिको बैठकबाट निर्णय गरी शेयर बापतको रकम आंशिक वा पूर्ण रूपले भुक्तानी माग गर्न सक्नेछ।
(२) शेयर बापत कम्पनीले माग गरेका रकमहरू निर्धारित समयमा शेयरधनीले बुझाउनु पर्नेछ।
(३) शेयर बापतको रकम माग गर्ने, माग गरेको रकम निर्धारित समयावधिभित्र बुझाउने, भुक्तानीको म्याद थप माग गर्ने तथा कम्पनीले म्याद दिने जस्ता कुराहरूको व्यवस्था नियमावलीमा उल्लेख भए बमोजिम हुनेछ।
१०. दायित्व सीमित हुनेः यस कम्पनीको कारोवारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरिद गरेको वा खरीद गर्न कबुल गरेको शेयरको अंकित मूल्यसम्म मात्र सीमित रहनेछ ।
तर कुनै शेयरधनी वा सञ्चालकले सो हैसियतमा तेस्रो पक्षसँग गरेको व्यक्तिगत जमानत सम्बन्धी सम्झौता बमोजिमको दायित्वको हकमा यो व्यवस्था लागू हुने छैन ।
११. अन्य आवश्यक कुराहरुः (१) कम्पनीको संस्थापना गर्दा लागेको खर्च कम्पनीले नै व्यहोर्नु पर्ने वा नपर्ने हो सो कुरा खुलाउने,
(२) संस्थापक वा अन्य कुनै व्यक्तिले नगद बाहेक अरू कुनै किसिमबाट शेयर खरिद गर्न वा शेयरमा हक पाउने वा नपाउने हो सो कुरा खुलाउने,
(३) कम्पनीले कारोवार शुरु गर्दाको बखतमा संस्थापक वा अन्य कुनै व्यक्तिबाट कुनै सम्पत्ति प्राप्त गर्ने भए सो कुरा खुलाउने,
(४) संस्थापक वा अन्य कुनै व्यक्तिले कम्पनीबाट कुनै विशेष सहुलियत वा अधिकार पाउने भए सो कुरा खुलाउने,
(५) कम्पनीको शेयर बिक्री वा हस्तान्तरणमा कुनै बन्देज रहेको भए सो कुरा खुलाउने।
१२. कम्पनीको प्रकृति अनुरूप अन्य थप व्यवस्था गर्ने भए सो कुरा खुलाउने।
१३. प्रबन्धपत्र संशोधन भएमा लागू हुने अवस्थाः यस प्रबन्धपत्रमा कम्पनीले कुनै संशोधन गर्नु पर्ने भएमा साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी सो निर्णय कार्यालयमा अभिलेख भएपछि मात्र प्रबन्धपत्र संशोधन भएको मानिनेछ।
१४.प्रबन्धपत्र बाझिएको हदसम्म अमान्य हुनेः यस प्रबन्धपत्रमा लेखिएका कुरा कम्पनी ऐन,२०६३ वा अन्य प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः बदर हुनेछ।
१५.संस्थापकहरुले तत्काल लिन कबुल गरेको शेयर संख्या र उद्घोषणः हामी ……………………. लि. का संस्थापकहरूले यो कम्पनी संस्थापना गरी प्रचलित कानून बमोजिम सञ्चालन गर्न मञ्जुर गरेका छौं। यो प्रबन्धपत्रमा उल्लेखित हाम्रो नाम, ठेगाना, हस्ताक्षर, हामीले लिन कबुल गरेको शेयर र साक्षी सम्बन्धी व्यहोरा ठीक साँचो हो । कुनै कारणले झुट्टा ठहरिन गएमा कम्पनी दर्ता पश्चात् सिर्जना हुने दायित्व व्यहोर्न हामी तयार छौं। यो प्रबन्धपत्रमा लेखिएका कुरा साँचो हो झुट्टा ठहरे कानून बमोजिम सहन बुझाउन मञ्जुर छौं भनी सहिछाप गरेका छौं।
संस्थापकको नाम, ठेगाना र सहिछाप | बाबु/पति को नाम | नागरिकताको प्रमाणपत्र नं. र नागरिकता प्राप्त गरेको जिल्ला/ विदेशी भए राहदानी नं. | लिन कबुल गरेको शेयर संख्या | साक्षीको नाम, घर, ठेगाना र सहिछाप | साक्षीको नागरिकताको प्रमाणपत्र नं. र जिल्ला |
---|---|---|---|---|---|
द. नाम: ठेगाना:……… जिल्ला:……… नगरपालिका/गा.वि.स., वडा नं.…, व्लक नं. …… फोन नं: फ्याक्स: इ–मेल: पो.ब.नं: दा. बा. (आवश्यकताअनुसार थप गर्दै जाने) |
द. नाम: ठेगाना:……… जिल्ला:……… नगरपालिका/गा.वि.स., वडा नं....., व्लक नं.… फोन नं: फ्याक्स: इ–मेल: पो.ब.नं: दा. बा. (आवश्यकताअनुसार थप गर्दै जाने) |
मस्यौदाकारः
नामः
प्र.प.नः
इति संवत् २०…….. साल ………….महिना ………..गते रोज……. शुभम्……………………………….।