अनुसूची -४
(दफा ४ को उपदफा (२) सँग सम्बन्धित)
तोकिएको ढाँचालाई स्वीकार गर्ने एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको नियमावलीको ढाँचा
कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित
………………..(कम्पनीको पूरा नाम लेख्ने) प्राइभेट लिमिटेड कम्पनीको
नियमावली
परिच्छेद -१
प्रारम्भिक
१. कम्पनीको नामः यस कम्पनीको नाम प्रबन्धपत्रको दफा १ मा उल्लेख गरिए बमोजिम हुनेछ ।
२. कम्पनीको रजिष्टर्ड कार्यालयः यस कम्पनीको रजिष्टर्ड कार्यालय प्रबन्धपत्रको दफा २ मा खुलाइएको ठेगानामा रहनेछ ।
३. परिभाषाः विषय वा प्रसंङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा:
(क) “ऐन” भन्नाले कम्पनी ऐन,२०६३ सम्झनु पर्छ।
(ख) “कार्यालय” भन्नाले कम्पनी रजिष्ट्रारको कार्यालय सम्झनु पर्छ।
(ग) “कम्पनी” भन्नाले कम्पनीको नाम ……… प्राइभेट लिमिटेड सम्झनुपर्छ।
(घ) “प्रबन्धपत्र” भन्नाले कम्पनीको प्रबन्धपत्र त यसमा समय समयमा हुने संशोधन समेतलाई सम्झनुपर्छ।
४. कम्पनीको उद्देश्यः कम्पनीको उद्देश्य प्रबन्धपत्रको दफा ५ मा उल्लेख भए बमोजिम हुनेछ ।
परिच्छेद-२
शेयर पूँजी तथा ऋण
५. शेयरको अंकित मूल्यः यस कम्पनीको शेयरको अंकित मूल्य प्रबन्धपत्रमा उल्लेख गरिए बमोजिम हुनेछ ।
६. संस्थापकले लिनुपर्ने शेयरः यस कम्पनीको संस्थापक हुन लिनुपर्ने शेयर संख्या प्रबन्धपत्रमा संस्थापकले तत्काल लिन कबुल गरेको शेयर संख्या भनी उल्लेख गरिए बमोजिम हुनेछ ।
७. शेयरको बिक्री वा धितोबन्धक सम्बन्धी व्यवस्थाः (१) कम्पनीको शेयर चल सम्पत्ति सरह बिक्री गर्न वा धितोबन्धक राख्न सकिनेछ।
(२) कम्पनीको शेयरधनीले आफ्नो सम्पूर्ण शेयर अर्को व्यक्तिलाई बिक्री गरेमा शेयर खरिद गर्ने व्यक्तिले त्यस्तो शेयर दाखिल खारेज गर्नको निमित्त ऐन बमोजिम कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन परेमा कम्पनीले निवेदन परेको पन्ध्र दिनभित्र आफ्नो दर्ता किताबमा निवेदकको नाममा शेयर दर्ता गर्नेछ।
(४) उपनियम (२) बमोजिमको शेयर खरिद बिक्री भएकोमा त्यसरी खरिद बिक्री भएको पन्ध्र दिनभित्र कार्यालयलाई सोको जानकारी गराउनु पर्नेछ।
८. शेयर प्रमाण पत्रः कम्पनीको शेयरधनीलाई निजले लिएको शेयरबापत कम्पनी सचिव वा शेयरधनीले अधिकार प्रदान गरेको व्यक्तिको सही र कम्पनीले आफ्नो कारोबारमा छाप प्रयोग गर्ने भए कम्पनीको छाप लागेको शेयर प्रमाणपत्र दिइनेछ।
९. शेयर पूँजी हेरफेर गर्ने कुराः शेयरधनीको निर्णयबाट ऐन बमोजिम शेयर पूँजी हेरफेर गर्न सकिनेछ।
१०. ऋण उठाउने कुराः प्रचलित कानूनको अधीनमा रही कम्पनीले आफ्नो व्यवसाय वा कारोबार सञ्चालन गर्नको लागि ऋण उठाउन सक्नेछ।
परिच्छेद-३
साधारण सभा तथा सञ्चालक समिति
११. साधारण सभाः यस कम्पनीको साधारण सभा हुने छैन र साधारण सभाले गर्ने सबै काम शेयरधनीको लिखित निर्णयद्वारा हुनेछ।
१२. सञ्चालक समितिः यस कम्पनीमा सञ्चालक समिति रहने छैन र सञ्चालक समितिले गर्नु पर्ने काम शेयरधनी आफैले गर्नेछ।
परिच्छेद-४
हिसाबकिताब, लेखा तथा लेखापरीक्षण
१३. कम्पनीको हिसाबकिताब, लेखा तथा लेखापरीक्षणः (१) यस कम्पनीको लेखा तथा हिसाबकिताब प्रचलित कानून अनुसार अधिकार प्राप्त निकायले निर्धारण गरेको लेखा मापदण्ड अनुरूप तयार गरिनेछ।
(२) कम्पनीले राख्नु पर्ने हिसाबकिताब प्रतिदिनको कारोबार स्पष्ट देखिने गरी अद्यावधिक रुपमा राख्नुपर्नेछ।
(३) ऐन बमोजिम तोकिएको रकम भन्दा बढी रकमको वार्षिक कारोबार भएको आर्थिक वर्षमा कम्पनीले आफ्नो हिसाबकिताब लेखापरीक्षण गराउनेछ।
(४) उपनियम (३) बमोजिम हिसाबकिताब लेखापरीक्षण गराउनु पर्ने भएमा कम्पनीले ऐन बमोजिम लेखापरीक्षक नियुक्त गर्नेछ । त्यसरी नियुक्त भएको मितिले पन्ध्र दिनभित्र निजको नाम कार्यालयमा पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम नियुक्त लेखापरीक्षकले लेखापरीक्षण गरेको हिसाबकिताब र लेखाबाट कम्पनीको वासलात, नाफा नोक्सानीको हिसाब एवं नगद प्रवाह विवरण प्रमाणित गरी आफूलाई नियुक्त गर्ने अधिकारीलाई सम्बोधन गरी आफ्नो प्रतिवेदन कार्यालयलाई र कम्पनीलाई दिनेछ ।
परिच्छेद-५
विविध
१४. कम्पनी सचिव सम्बन्धी व्यवस्थाः यस कम्पनीमा सचिव नियुक्ति गरिएको छैन। आवश्यकतानुसार कम्पनी सचिव नियुक्त हुने भए निजको काम, कर्तव्य र जिम्मेवारी प्रचलित ऐन तथा यस कम्पनीको प्रबन्धपत्र, नियमावली, बिनियमावली र अन्य कम्पनीको निर्णय बमोजिम हुनेछ।
१५. कम्पनीको छापः कम्पनीको कारोबारसँग सम्बन्धित लिखतहरुमा कम्पनीको छाप प्रयोग गरिनेछ। यस्तो छाप कम्पनीको शेयरधनी वा निजले अधिकार दिएको व्यक्तिको जिम्ममा रहनेछ।
१६. कम्पनी गाभिने व्यवस्थाः (१) यो कम्पनीमा कुनै अर्को कम्पनी गाभिन सक्नेछैन ।
(२) यो कम्पनीलाई कुनै अर्को कम्पनीमा गाभ्नु परेमा कार्यालयको स्वीकृति लिई गाभ्न सकिनेछ ।
१७. कम्पनीको खारेजीः (१) यो कम्पनी स्वेच्छाले खारेज हुन चाहेमा कम्पनी खारेजी गर्ने सम्बन्धमा शेयरधनीले निर्णय गरी सो को सात दिनभित्र ऐन अनुसार पेश गर्नुपर्ने लिखतहरु कार्यालयमा पेश गर्नुपर्नेछ।
(२) उपनियम (१) बमोजिम खारेजीको निर्णय गर्दा खारेजीको कामका लागि एक वा एकभन्दा बढी लिक्विडेटर तथा लेखापरीक्षकको नियुक्त गर्नु पर्नेछ । त्यसरी नियुक्त भएको लिक्विडेटर तथा लेखापरीक्षकको पारिश्रमिक शेयरधनीले तोके बमोजिम हुनेछ ।
(३) उपनियम (२) बमोजिम नियुक्त लिक्विडेटर तथा लेखापरीक्षकले प्रचलित कानूनको अधीनमा रही कम्पनी खारेजी सम्बन्धी काम कारबाही गर्नेछ।
१८. अन्य आवश्यक कुराः (क) यस कम्पनीको आर्थिक वर्ष साउन १ बाट सुरु भई असार मसान्तमा अन्त्य हुनेछ ।
(ख) यस कम्पनीसँग सम्बन्धित अन्य कुनै कुरा आवश्यक भएमा कम्पनी ऐन २०६३ को अधीनमा रही साधारण सभाले विशेष वा सामान्य प्रस्ताव पारित गरी प्रबन्धपत्र वा नियमावलीमा संशोधन गर्न सक्नेछ।
(ग) यस नियमावलीमा उल्लेख नभएका थप कुराहरू कम्पनी ऐन, २०६३ तथा प्रचलित नेपाल कानुनअनुसार हुनेछन् ।
१९. नियमावली संशोधन भएमा लागू हुने अवस्थाः यस नियमावलीमा कुनै संशोधन गर्नु पर्ने भएमा शेयरधनीले निर्णय गरी सो निर्णय कार्यालयमा अभिलेख भएपछि मात्र नियमावली संशोधन भएको मानिनेछ।
२०. नियमावली बाझिएको हदसम्म निष्कृय हुनेः यस नियमावलीमा लेखिएका कुराहरू ऐन, अन्य प्रचलित कानून वा प्रबन्धपत्रसँग बाझिएमा बाझिएको हदसम्म स्वतः बदर हुनेछन्।
२१. संस्थापकले तत्काल लिन कबुल गरेको शेयर संख्या र उद्घोषण: म “…………………………. प्राइभेट लिमिटेड” को संस्थापकले यो कम्पनी संस्थापना गरी प्रचलित कानून बमोजिम संचालन गर्न मञ्जुर गरेको छु। यो नियमावलीमा उल्लिखित मेरो नाम, ठेगाना, हस्ताक्षर, मैले लिन कबुल गरेको शेयर र साक्षी सम्बन्धी व्यहोरा ठीक साँचो हो । कुनै कारणले झूठा ठहरिन गएमा कम्पनी दर्ता पश्चात सिर्जना हुने दायित्व व्यहोर्न म तयार छु । यो नियमावलीमा लेखिएको कुरा साँचो हो, झूठा ठहरे कानुनबमोजिम सहन बुझाउन मन्जुर छु भनी सहीछाप गरेको छु ।
संस्थापकको नाम, थर, ठेगाना | बुबाको नाम | नागरिकता नं. र प्राप्त गरेको जिल्ला | लिन कबुल गरेको शेयर संख्या | साक्षीको नाम, थर, ठेगाना र सहीछाप | ना.प्र.नं. र प्राप्त गरेको जिल्ला |
---|---|---|---|---|---|
द. ............... नामः ठेगानाः दा. बा. |
द. ............... नामः ठेगानाः दा. बा. |
मस्यौदाकार
हस्ताक्षरः
नामः
प्रमाण पत्र नं.
इति संवत् २०… साल ……. महिना …. गते रोज …… शुभम् …………………………………………..।