एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा

(दफा १८ को उपदफा (६) सँग सम्बन्धित)

एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा

कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित

……………कम्पनीको पूरा नाम लेख्ने) प्राइभेट लिमिटेड  कम्पनीको

प्रबन्धपत्र

१.  कम्पनीको नामः यस कम्पनीको नाम “…………” हुनेछ।

२. कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना: यस कम्पनीको रजिष्टर्ड कार्यालय ……….. जिल्ला……………….. नगरपालिका/गा.वि.स.मा रहने छ।

३. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस प्रबन्धपत्रमाः

(क) “ऐन” भन्नाले कम्पनी ऐन, २०६३ सम्झनुपर्छ ।

(ख) “कार्यालय” भन्नाले कम्पनी रजिष्ट्रारको कार्यालय सम्झनुपर्छ ।

(ग) “कम्पनी” भन्नाले “………… प्राइभेट लिमिटेड” सम्झनुपर्छ ।

(घ) “प्रबन्धपत्र” भन्नाले कम्पनीको प्रबन्धपत्र र यसमा समय समयमा हुने संशोधन समेतलाई सम्झनुपर्छ।

(ङ) “सभा” भन्नाले कम्पनीका नियमति बैठक, वार्षिक तथा विशेष साधारण सभा भन्ने सम्झनुपर्छ।

४. कम्पनीले गर्ने व्यवसाय वा कारोबारको प्रकृतिः यस कम्पनीले उत्पादनमूलक, व्यापारमूलक तथा सेवामूलक व्यवसाय सञ्चालन गर्नेछ।

५.    कम्पनीको उद्देश्यः (१) यस कम्पनीको उद्देश्य देहायबमोजिम हुनेछः

(क)

(ख)

(ग)

(घ)

       (२) कम्पनीले उपदफा (१) बमोजिमका उद्देश्य कार्यान्वयन गर्न प्रचलित कानुनबमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गर्नुपर्ने भएमा सो प्राप्त भएपछि मात्र कार्यान्वयन गरिनेछ।

       (३) उपदफा (१) मा उल्लिखित उद्देश्यका सम्बन्धमा अनुमति वा इजाजत प्राप्त गरेको १५ दिनभित्र त्यस्तो अनुमति वा इजाजतपत्रको प्रतिलिपि कार्यालयमा पेश गरिनेछ ।

६. कम्पनीको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरूः यस कम्पनीले दफा ५ बमोजिमका उद्देश्य प्राप्त गर्न देहायका कामहरू गर्नेछः

(क) कम्पनीलाई आवश्यक पर्ने जग्गा, भवन, सवारी साधन र आवश्यक उपकरण खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्ने,

(ख) कम्पनीलाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवाका शर्तहरू निर्धारण गर्ने ।

(ग) कम्पनीको नाममा बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्ने र सञ्चालन गर्ने । 

(घ) कम्पनीलाई आवश्यक पर्ने रकम बैंक वा कुनै वित्तीय संस्थाबाट कम्पनीले कुनै धितो राखी वा नराखी कर्जा लिने ।

(ङ) कम्पनीको नामबाट शेयर तथा डिवेन्चर खरिद गर्ने तथा त्यसलाई बिक्री गर्ने ।

(च) अन्य आवश्यक कुराहरूः

(१) कम्पनीले आफ्नो उद्देश्य पूरा गर्न कम्प्युटर तथा विज्ञान प्रविधिका अन्य कुनै पनि वस्तु तथा सेवाहरूको सहायता लिन सक्नेछ । 

(२) प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिनुपर्ने भए सो लिई कम्पनीले स्थानीय रुपमा वा विदेशमा समेत शाखा तथा सम्पर्क कार्यालयहरू स्थापना गर्ने, संचालन गर्ने तथा माथि उल्लेखित उद्देश्यसँग सम्बन्धित सहायक प्रकृतिका कार्यहरू संचालन गर्न सक्नेछ ।

(३) सम्बन्धित उद्देश्य पूर्तिको सिलसिलामा कम्पनीले ह्रासकट्टी कोष, जगेडा कोष, उपदान कोष, अवकाश कोष, कर्मचारी कल्याण कोष, दानदातव्य कोष तथा अन्य कोषहरू खडा गर्न, संचालन गर्न सक्नेछ ।

(४) कम्पनीले आफ्नो कारोबारको सिलसिलामा वा आफ्नो हित सुरक्षित गर्न आवश्यक भएमा आफ्नो वा आफ्ना अधिकृत तथा कर्मचारीहरूको तर्फबाट जुनसुकै निकायमा निवेदन दिन, मुद्दा दायर गर्न, प्रतिवाद वा प्रतिरक्षा गर्न मिलापत्र गर्न एवं उपरोक्त कार्यका लागि अन्य कसैलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछ । विवाद एवं मुद्दाहरूलाई अदालत वा सम्बन्धित निकाय, ट्राइबुनल, मध्यस्थ वा अरु कार्यालयमा आवश्यकतानुसार पेश गर्न सक्नेछ । सो कामका लागि कानुन व्यवसायी नियुक्त गर्न सक्नेछ । 

(५) कम्पनीले आफ्नो व्यावसायिक नाम, लोगो, ट्रेडमार्क तथा अन्य कसैको स्वामित्व भएको ट्रेडमार्क आवश्यक स्वीकृति लिएर दर्ता गर्न, प्रयोग गर्न सक्नेछ ।

(६) कम्पनीले आफ्नो मुख्य उद्देश्य प्राप्तिमा लाभान्वित हुने ठानेमा आफूले गर्ने गरी अधिकार वा अनुमति पाएको वा आफ्नो उद्देश्य अन्तर्गत परेको कार्य गरिरहेको वा गर्ने कुनै व्यक्ति, फर्म, कम्पनीको व्यावसायिक सम्पत्ति, अधिकार, इजाजत, अनुमति तथा दायित्वको सबै वा केही अंश प्राप्त गर्न, जिम्मा लिन, अंगीकार गर्न वा भोग गर्न सक्नेछ ।

(७) कम्पनीको नाममा बैंकहरूमा विभिन्न प्रकारका खाता खोल्ने, बिल अफ एक्सचेन्ज, बिल अफ लेडिङ, प्रोमिसरी नोट, चेक, ड्राफ्ट तथा अन्य नेगोसिएबल तथा ट्रान्सफरेबल बिलहरू स्वीकृत गर्ने तथा जारी गर्ने, डेबिट क्रेडिट कार्ड लिने, ।

(८) बैंकिङ प्रणालीका सबै प्रकारका आधुनिक सुविधाहरु उपभोग गर्ने ।

(९) कम्पनीले आफ्नो नाममा खरिद गरेका जग्गा, भवन, गाडी तथा अन्य भौतिक सम्पत्तिहरू तथा बौद्धिक र चल सम्पत्तिहरू विक्री गर्ने सक्नेछ।

७. कम्पनीको पुँजीको संरचनाः कम्पनीको पुँजीको संरचना देहायबमोजिम हुनेछः (क) कम्पनीको अधिकृत पुँजी रु. …………….. हुनेछ । सो पूँजीलाई प्रति शेयर रु. ……का दरले …….. थान साधारण शेयरमा विभाजन गरिएको छ ।

        (ख) कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी रु …………… हुनेछ । सो पूँजीलाई ……… का दरले ………… थान साधारण शेयरमा विभाजन गरिएको छ ।

        (ग) कम्पनीका संस्थापकले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजी ……. हुनेछ । सो पूँजीलाई रु. ….. का दरले ………. थान साधारण शेयरमा विभाजन गरिएको छ ।

८. शेयर बापतको रकमको भुक्तानीः (१) शेयरबापतको रकम कम्पनीले आंशिक वा पूर्वरूपले भुक्तानी माग गर्न सक्नेछ।

         (२) शेयरबापत कम्पनीले माग गरेका रकमहरू निर्धारित समयमा शेयरधनीले बुझाउनु पर्नेछ।

९. दायित्व सीमित हुनेः यस कम्पनीको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरिद गरेको वा खरिद गर्न कबुल गरेको शेयरको अंकित मूल्यसम्म मात्र सीमित रहनेछ।

      तर, कुनै शेयरधनी वा सञ्चालकले सो हैसियतमा तेस्रो पक्षसँग गरेको व्यक्तिगत जमानतसम्बन्धी सम्झौता बमोजिमको दायित्वको हकमा सो व्यवस्था लागू हुने छैन।

१०. अन्य आवश्यक कुराहरूः (१) कम्पनीको संस्थापना गर्दा लागेको खर्च कम्पनीले नै व्यहोर्नु पर्नेछ ।

         (२) संस्थापकले नगद बाहेक कुनै किसिमबाट शेयर खरीद गर्न पाउने गरी कम्पनीको संचालक समितिले स्वीकृत दिएमा तथा अन्य शेयरवालाले नगद बाहेक अन्य कुनै किसिमबाट शेयर खरिद गर्न पाउने गरी वार्षिक साधारण सभा स्वीकृति दिएमा शेयरमा हक प्राप्त गर्न सक्नेछ ।

         (३) कम्पनीले कारोबार शुरु गर्दाको अवस्थामा संस्थापक वा अन्य कुनै व्यक्तिबाट कुनै किसिमले सम्पत्ति प्राप्त गर्न पाउने गरी संचालक समितिले स्वीकृत दिएमा हक प्राप्त गर्न सक्नेछ ।

         (४) संस्थापक वा अन्य कुनै व्यक्तिले कम्पनीबाट कुनै विशेष सहुलियत वा अधिकार पाउने गरी सर्वसम्मत सम्झौता भएकोमा सोहीबमोजिम र अन्य अवस्थामा साधारण सभाले स्वीकृत दिए बमोजिम हुनेछ।

         (५) कम्पनीको शेयर विक्री वा हस्तान्तरण सञ्चालक समितिको निर्णयद्वारा साधारण सभाको स्वीकृतिबाट गर्न सक्नेछ ।

११. कम्पनीको प्रकृति अनुरूप कुनै थप व्यवस्था गर्नुपर्ने भए सो कुरा खुलाउने।

१२. छुट्टै नियमावली पेश गर्ने वा नगर्ने सो कुरा खुलाउने।

१३. प्रबन्धपत्रमा संशोधन भएमा लागू हुने अवस्थाः  यस प्रबन्धपत्रमा कुनै संशोधन गर्नु पर्ने भएमा शेयरधनीले निर्णय गरी सो निर्णय कार्यालयमा अभिलेख भएपछि मात्र प्रबन्धपत्र संशोधन भएको मानिनेछ।

१४. प्रबन्धपत्र बाझिएको हदसम्म अमान्य हुनेः यस प्रबन्धपत्रमा लेखिएको कुरा कम्पनी ऐन, २०६३ वा अन्य प्रचलित कानूनसँग बाझिएमा बाझिएका हदसम्म स्वतः बदर हुनेछन् ।

१५. संस्थापकहरूले तत्काल निल कबुल गरेको शेयर संख्या र उद्घोषणः म ………………..  प्रा.लि. को संस्थापकले यो कम्पनी संस्थापना गरी प्रचलित कानून बमोजिम सञ्चालन गर्न मञ्जुर गरेको छु । यो प्रबन्धपत्रमा उल्लेखित मेरो नाम, ठेगाना, हस्ताक्षर, मैले लिन कबुल गरेको शेयर र साक्षी सम्बन्धी व्यहोरा ठीक साँचो हो । कुनै कारणले झुटृा ठहरिन गएमा कम्पनी दर्ता पश्चात् सिर्जना हुने दायित्व व्यहोर्न म तयार छु । यो प्रबन्धपत्रमा लेखिएको कुरा साँचो हो, झुटृा ठहरे कानून बमोजिम सहन बुझाउन मञ्जुर छु भनी सहीछाप गरेको छु।

संस्थापकको नाम, थर, ठेगाना बुबाको नाम नागरिकता नं. र प्राप्त गरेको जिल्ला लिन कबुल गरेको शेयर संख्या साक्षीको नाम, थर, ठेगाना र सहीछाप ना.प्र.नं. र प्राप्त गरेको जिल्ला
द. ...............
नामः
ठेगानाः

दा.      बा.
द. ...............
नामः
ठेगानाः

दा.      बा.

मस्यौदाकार

हस्ताक्षरः

प्रमाण पत्र नं.

इति संवत् …….. साल ……. महिना ……..गते रोज …. शुभम् ……………………………………………।

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.