अनुसूची-१०
(दफा १८ को उपदफा (६) सँग सम्बन्धित)
एकल बाहेकका अन्य प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा
कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित
………….. (कम्पनीको नाम पूरा नाम लेख्ने) प्राइभेट लिमिटेड कम्पनीको
प्रबन्धपत्र
१. कम्पनीको नामः यस कम्पनीको नाम ………………………. हुनेछ।
२. कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगानाः यस कम्पनीको रजिष्टर्ड कार्यालय ……….. जिल्ला……… नगरपालिका / गा.वि.स.मा रहने छ।
३. कम्पनीले गर्ने व्यवसाय वा कारोबारको प्रकृतिः यस कम्पनीले सेवामूलक व्यवसाय संचालन गर्नेछ।
४. कम्पनीको उदेश्यः (१) यस कम्पनीको उद्देश्य देहाय बमोजिम हुनेछः
(क)
(ख)
(ग)
(घ)
(२) कम्पनीले उपदफा (१) बमोजिमको उद्देश्य कार्यान्वयन गर्न प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गर्नु पर्ने भएमा सो प्राप्त भएपछि मात्र कार्यान्वयन गरिनेछ ।
(३) उपदफा (१) मा उल्लिखित उद्देश्यका सम्बन्धमा अनुमति वा इजाजत प्राप्त गरेको पन्ध्र दिनभित्र त्यस्तो अनुमति वा इजाजतपत्रको प्रतिलिपि कार्यालयमा पेश गरिनेछ ।
५. कम्पनीको उद्देश्य प्राप्त गर्न गरिने कामहरुः यस कम्पनीले दफा ४ बमोजिमका उद्देश्य प्राप्त गर्न देहायका कामहरू गर्न सक्नेछः
(क) कम्पनीलाई आवश्यक पर्ने जग्गा, भवन, सवारी साधन र अन्य उपकरण खरिद÷विक्री गर्ने वा भाडामा लिई प्रयोग गर्ने।
(ख) कम्पनीलाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्ने।
(ग) कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने र संचालन गर्ने ।
(घ) कम्पनीलाई आवश्यक पर्ने रकम बैंक, वित्तीय संस्था वा अन्य कुनै व्यक्ति वा संगठित संस्थाबाट धितो राखी वा नराखी कर्जा लिने।
(ङ) कम्पनीको नामबाट शेयर, डिबेन्चर तथा अन्य धितोपत्र खरिद गर्ने तथा त्यसलाई बिक्री गर्ने।
(च) अन्य आवश्यक कुराहरूः
(१) कम्पनी संचालनको लागि आवश्यक पर्ने भवन, कार्यशाला, अफिस घर, गोदाम, जमीन, आमोद प्रमोद स्थान, बाग वाटिका, फर्निचरहरू तथा अन्य चल अचल सम्पत्ति आदि जायजेथा खरिद गर्ने, लिज वा भोगबन्धकीमा लिने वा अन्य तरिकाबाट प्राप्त गर्ने वा बनाउने, निर्माण, सुसज्जित, विस्तार, आधुनिकीकरण, मर्मत-सम्भार, नियन्त्रण, संचालन गर्ने तथा सोको व्यवस्था गर्ने।
(२) कम्पनीलाई आकस्मिक क्षतिबाट बचाउन कम्पनीको मेशिनरी, भवन लगायत सबै प्रकारका सम्पत्तिहरूको आवश्यकता अनुसार बीमा गराउन गराउने।
(३) प्रचलित कानुनको अधिनमा रही कम्पनीलाई प्रत्यक्ष किसिमले लाभप्रद प्राविधिक ज्ञान तथा सीपहरू उपलब्ध गराउने, सोको लागि व्यक्ति वा कम्पनीसँग सम्झौता गर्ने ।
(४) कम्पनीको लागि आवश्यक पर्ने प्रशिक्षक, कानुन व्यवसायी, सुपरीवेक्षक, इन्जिनियर, विशेषज्ञ, कामदारहरूको नियुक्ति गर्ने, तिनीहरूको सेवा शर्त तथा तलब भत्ता तोक्ने, आवश्यक भएमा सोको लागि व्यवस्थित गर्न विनियम बनाई लागू गर्ने ।
(५) कम्पनीको नामबाट बील अफ एक्सचेन्ज्, प्रोमिसरी नोट, चेक आदि जारी गर्ने, दरपीठ गर्ने, भुक्तानी लिने, दिने, मञ्जुर गर्ने, एल.सि. खोल्ने।
(६) कम्पनीको व्यापारिक हित संरक्षणको लागि डिजाइन, ट्रेडमार्क वा अन्य बौद्धिक सम्पत्ति दर्ता गराउने, संरक्षण प्राप्त गर्ने वा उपभोग गर्ने।
(७) कम्पनीको तर्फबाट वा कम्पनी विरुद्ध परेका मुद्दा मामिलाहरूको पुर्पक्ष गर्ने, प्रतिरक्षा गर्ने, लिखित जवाफ पेश गर्ने तथा सो सम्बन्धमा आवश्यक कानुनी सेवा प्राप्त गरी आफ्नो हक अधिकारको संरक्षण गर्ने, सहुलियत सुविधालाई सुरक्षित राख्ने ।
(८) कम्पनीले आफ्नो व्यापार प्रवर्धन, तथा विस्तारको लागि विभिन्न प्रकारका संचारका साधन तथा पत्रपत्रिका लगायतका मिडियाबाट प्रचार प्रसार गर्ने, गराउने ।
(९) कम्पनीको लागि आवश्यक नपर्ने चल अचल सम्पत्ति जग्गा जमीन विक्री गर्ने।
(१०) कम्पनीको नामबाट अन्य कुनै व्यक्ति, कम्पनी वा संगठित संस्थाले लिएको ऋण वा अन्य दायित्व वापत ग्यारेण्टी दिने वा जमानत बस्ने।
(११) चल अचल सम्पत्ति धितोबन्धक वा नासो धरौटमा लिई जमानी सहित वा उचित ठहराएको शर्तमा कुनै व्यक्ति, कम्पनी वा अन्य संगठित संस्थालाई सापट दिने ।
(१२) कम्पनी संस्थापक भई वा कम्पनीको स्वामित्व रहने गरी अन्य कम्पनी, संगठित संस्था वा अन्य उद्यम व्यवसाय स्थापना गर्ने, संचालन तथा व्यवस्थापन गर्ने।
(१३) कम्पनीको उद्देश्यसँग मिल्ने उद्देश्य भएका व्यक्ति, कम्पनी वा अन्य संगठित संस्थाहरूसँग सहकार्य गर्ने।
(१४) कम्पनीका उद्देश्य हासिल गर्न आवश्यक पर्ने अन्य कार्यहरू गर्ने।
६. कम्पनीको पूँजीको संरचनाः कम्पनीको पूँजीको संरचना देहाय बमोजिम हुनेछः
(क) कम्पनीको अधिकृत पूँजी रु. …………………………. हुनेछ । सो पूँजीलाई प्रति शेयर रु. …. दरका ………..थान साधारण शेयर र ………..थान अग्राधिकार शेयर (यदि अग्राधिकार शेयर जारी गरिने भए) मा विभाजन गरिएको छ ।
(ख) कम्पनीको तत्काल जारी गर्ने पूँजी रु. ……………………. हुनेछ । सो पूँजीलाई प्रति शेयर रु. …. दरका ………..थान साधारण शेयर र ………..थान अग्राधिकार शेयर (यदि अग्राधिकार शेयर जारी गरिने भए) मा विभाजन गरिएको छ।
(ग) कम्पनीका संस्थापकहरूले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजी रु. ……………….. हुनेछ।
७. कम्पनीको शेयरको किसिमः (१) कम्पनीले साधारण शेयर मात्र जारी गर्ने हो वा साधारण र अग्राधिकार दुवै प्रकारका शेयर जारी गर्ने हो सो कुरा खुलाउने ।
(२) अग्राधिकार शेयर जारी गर्ने भए निम्न कुरा खुलाउनेः
(क) अग्राधिकार शेयर संख्या …. र प्रति शेयरको मूल्य रु. ….,
(ख) अग्राधिकार शेयरधनीको हक अधिकार सम्बन्धी व्यवस्था,
(ग) अग्राधिकार शेयर साधारण शेयरमा परिणत हुने वा नहुने हो सो कुरा ।
(३) अन्य कुनै प्रकारको शेयर जारी हुने भए सो कुराको विवरण खुलाउने।
८. शेयर खरीद वा हस्तान्तरण गर्न कुनै बन्देज रहेको भए सो कुराः (१) कम्पनीको शेयरधनीहरू मध्ये कुनै शेयरधनीले कुनै कारणले आफ्नो नाममा रहेको शेयर विक्री गर्नु पर्ने भएमा कम्पनीको अर्को शेयरधनीलाई मात्र विक्री वा हस्तान्तरण गर्न सकिनेछ।
(२) कम्पनीको शेयर कम्पनीका शेयरधनी बाहेक अन्य कुनै व्यक्तिलाई विक्री वा हस्तान्तरण गर्नु परेमा संचालक समितिको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(३) शेयर खरिद-विक्री तथा हस्तान्तरण सम्बन्धी अन्य व्यवस्था कम्पनीको नियमावलीमा गरिएको व्यवस्था बमोजिम हुनेछ । कम्पनीका शेयरधनीहरु बीच शेयरधनी सम्झौता भएमा त्यस्तो सम्झौतामा समेत शेयर खरिद विक्री तथा हस्तान्तरण सम्बन्धी व्यवस्था गर्न सकिनेछ।
(४) कम्पनीको प्रथम वार्षिक साधारण सभा नभएसम्म कुनै पनि संस्थापक शेयरधनीले आफ्नो शेयर विक्री गर्न पाउने छैन।
९. शेयर बापतको रकमको भुक्तानीः (१) कम्पनीले आफ्नो आवश्यकतानुसार संचालक समितिको बैठकबाट निर्णय गरी शेयर बापतको रकम आंशिक वा पूर्ण रुपले भुक्तानी माग गर्न सक्नेछ।
(२) शेयर बापत कम्पनीले माग गरेका रकमहरू निर्धारित समयमा शेयरधनीले बुझाउनु पर्नेछ ।
(३) शेयर बापतको रकम माग गर्ने, माग गरेको रकम निर्धारित समयावधिभित्र बुझाउने, भुक्तानीको म्याद थप माग गर्ने तथा कम्पनीले म्याद दिने जस्ता कुराहरू नियमावलीमा उल्लेख भए बमोजिम हुनेछ।
१०. शेयरधनीको अधिकतम संख्याः यस कम्पनीमा बढीमा १०१ जना शेयरधनीहरू रहन सक्नेछन्।
तर कर्मचारीहरूलाई शेयर विक्री गर्ने योजना अन्तर्गत कम्पनीका शेयर खरीद गरेका कर्मचारी वा त्यस्तो योजना अन्तर्गत शेयर खरीद गरी सकेका तर तत्काल कम्पनीका सेवामा नरहेका कर्मचारीलाई शेयरधनीको अधिकतम संख्याको निर्धारण गर्ने प्रयोजनको लागि गणना गरिने छैन।
११. दायित्व सीमित हुनेः यस कम्पनीको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरीद गरेको वा खरीद गर्न कवुल गरेको शेयरको अंकित मूल्यसम्म मात्र सीमित रहनेछ।
तर कुनै शेयरधनी वा संचालकले सो हैसियतमा तेस्रो पक्षसँग गरेको व्यक्तिगत जमानत सम्बन्धी सम्झौता बमोजिमको दायित्वको हकमा यो व्यवस्था लागू हुने छैन।
१२. अन्य आवश्यक कुराहरुः (१) कम्पनीको संस्थापना गर्दा लागेको खर्च कम्पनीले नै व्यहोर्ने छ।
(२) कम्पनीले संस्थापक वा अन्य कुनै व्यक्तिले नगद बाहेक कुनै किसिमबाट शेयर खरीद गर्ने वा शेयरमा हक पाउने छैनन् ।
(३) कम्पनीले कारोबार शुरु गर्दाको बखतमा संस्थापक वा अन्य कुनै व्यक्तिबाट कुनै सम्पत्ति प्राप्त गर्नेछैन ।
(४) संस्थापक वा अन्य कुनै व्यक्तिले कम्पनीबाट कुनै विशेष सहुलियत वा अधिकार पाउने छैन ।
(५) कम्पनीको शेयर विक्री वा हस्तान्तरणमा प्रबन्धपत्र, नियमावली तथा शेयरधनी सम्झौतामा उल्लिखित बन्देज लागू हुनेछन् ।
१३. कम्पनीको प्रकृति अनुरूप प्रचलित कानून अनुसार थप व्यवस्था गर्ने भए सो कुरा खुलाउने।
१४. प्रबन्धपत्रमा संशोधन भएमा लागू हुने अवस्थाः यस प्रबन्धपत्रमा कुनै संशोधन गर्नु पर्ने भएमा साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी सो प्रस्ताव कार्यालयमा अभिलेख भएपछि मात्र प्रबन्धपत्र संशोधन भएको मानिनेछ।
१५. प्रबन्धपत्र बाझिएको हदसम्म निष्कृय हुनेः यस प्रबन्धपत्रका दफाहरु कम्पनी ऐन, २०६३ वा अन्य प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म त्यस्ता दफाहरु स्वतः वदर हुनेछन्।
१६. संस्थापकहरुले तत्काल लिन कवुल गरेको शेयर संख्या र उद्घोषणः हामी ……….. प्राइभेट लिमिटेडको संस्थापकहरुले यो कम्पनी संस्थापना गरी प्रचलित कानून बमोजिम सञ्चालन गर्न मञ्जुर गरेका छौं । यो प्रबन्धपत्र हामीले तयार गरी हाम्रो नाम, ठेगाना, हस्ताक्षर, हामीले लिन कबुल गरेको शेयर र साक्षी सम्बन्धी व्यहोरा ठीक साँचो हो । कुनै कारणले झुट्टा ठहरिन गएमा कम्पनी दर्ता पश्चात् सृजना हुने दायित्व व्यहोर्न हामी तयार छौं । यो प्रबन्धपत्रमा लेखिएका कुरा साँचो हो झुट्टा ठहरे कानून बमोजिम सहन बुझाउन मञ्जुर छौं भनी सहीछाप गरेका छौं।
सदस्यको नाम, थर, ठेगाना र सहीछाप | बाबुको नाम | ना. नं. | दिन काबुल गरेको सेयर संख्या | साक्षीको नाम, थर, ठेगाना | साक्षीको ना.प्र.नं. जिल्ला |
---|---|---|---|---|---|
१. द.… नाम: ठेगाना: दा. बा. |
१. द.… नाम: ठेगाना: दा. बा. |
||||
२. द.… नाम: ठेगाना: दा. बा. |
२. द.… नाम: ठेगाना: दा. बा. |
||||
३. द.… नाम: ठेगाना: दा. बा. |
३. द.… नाम: ठेगाना: दा. बा. |
मस्यौदाकार
नामः
प्र.प.नं.
इति सम्बत् ……..साल……महिनाको….गते रोज……शुभम् …………………………………………………..।