परिच्छेद १९ सामूहिक विवादको समाधान

दफा १२७ः हड्ताल वा तालाबन्दी अवधिको पारिश्रमिक

Estimated reading: 0 minutes 31 views

१) प्रचलित कानूनको प्रतिकूल हुने गरी हड्ताल गर्ने श्रमिकले त्यस्तो हड्ताल अवधिको कुनै पारिश्रमिक पाउने छैन।

२) रोजगारदाताले कानून प्रतिकूल हुने गरी तालावन्दी गरेमा श्रमिकले सो अवधिमा पूरा पारिश्रमिक पाउने छन्‌।

३) सामूहिक सम्झौतामा पारिश्रमिक पाउने सम्वन्धमा कुनै सहमति भए सोही बमोजिम हुनै अन्यथा यस ऐनको प्रक्रिया पूरा गरी भएको हड्ताल वा तालाबन्दीको अवधिमा श्रमिकले आधा पारिश्रमिक पाउनेछ।

४) प्रतिष्ठानमा भएको कुनै हड्ताल वा तालावन्दी कानून विपरीत हो वा होइन भन्ने प्रश्न उत्पन्न भएमा विभागले आवश्यक जाँचबुझ गरी पैंतीस दिनभित्र निर्णय गर्नेछ।

Share this Law

दफा १२७ः हड्ताल वा तालाबन्दी अवधिको पारिश्रमिक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.