परिच्छेद-८ सम्पत्ति र दायित्वबाट प्राप्त खुद लाभको निर्धारण

दफा ४१ : सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्ग

Estimated reading: 0 minutes 32 views

कुनै व्यक्तिले दफा ४० को उपदफा (३) को खण्ड (ग), (घ), (ङ) र (च) मा उल्लिखित कुनै पनि तरिकाले कुनै सम्पत्ति वा दायित्व निसर्ग गरेमा देहाय बमोजिम हुनेछ;

(क) सम्पत्तिको सम्बन्धमा, –

(१) सो व्यक्तिलाई निसर्ग बापत निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त भएको मानिनेछ , र

(२) त्यस्तो सम्पत्ति पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको बखतसम्म त्यस्तो सम्पत्ति बापत गरिएका खुद खर्चहरु (नेट आउट गोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।

(ख) दायित्वको सम्बन्धमा ,–

(१) सो व्यक्तिलाई निसर्गको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निसर्ग बापत खर्च गरेको मानिनेछ, र

(२) त्यस्तो दायित्व पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका खुद आम्दानीहरुलाई खर्च रकम बराबरको भए सरह मानिनेछ ।

Share this Law

दफा ४१ : सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्ग

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.