परिच्छेद-२२ शुल्क तथा ब्याच

दफा १२२ : शुल्क तथा ब्याजको निर्धारण

Estimated reading: 0 minutes 35 views

(१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिले बुझाउनु पर्ने शुल्क तथा ब्याजको निर्धारण विभागले गर्नेछ ।

(२) कुनै खास काम पूरा नगरेकोले वा कुनै विवरणका सम्बन्धमा यस परिच्छेद बमोजिम शुल्क तथा ब्याज बापतको दायित्वको गणना गर्दा यस परिच्छेदको प्रत्येक दफाका हकमा छुट्टाछुट्टै रुपमा गणना गर्नु पर्नेछ ।

(३) यस दफा बमोजिम लगाईने शुल्क तथा ब्याज यस ऐन बमोजिम अन्य कुनै कर बुझाउनुपर्ने भए त्यस्तो करमा थप गरिनेछ र त्यस्तो शुल्क तथा ब्याज बुझाउँदैमा परिच्छेद–२३ मा उल्लिखित फौजदारी कारबाही सम्बन्धी दायित्वबाट कुनै व्यक्ति मुक्त भएको मानिने छैन ।

(४) यस दफा बमोजिम शुल्क तथा ब्याजको निर्धारण गरिएकोमा विभागले देहायका कुरा खुलाइएको सो निर्धारणको लिखित सूचना सो व्यक्तिलाई दिनेछ । यस्तो सूचना दफा १०२ बमोजिम जारी गरिने सूचनामा संलग्न गरी पठाउन सक्नेछ;

(क) विभागले शुल्क तथा ब्याज निर्धारण गर्नु परेको कारण,

(ख) बुझाउनुपर्ने शुल्क तथा ब्याज बापतको रकम,

(ग) सो रकम कसरी गणना गरिएको हो सोको तरिका, र

(घ) सो निर्धारण विरुद्ध उजुरी गर्ने समय, स्थान र तरिका ।

(५) यस दफा बमोजिम शुल्क तथा ब्याज निर्धारण गर्दा देहाय बमोजिम हुनेछ;

(क) दफा १०१ को उपदफा (१), उपदफा (२), उपदफा (३) को खण्ड (ख), उपदफा (४) र (५) मा लेखिएका कुराहरु यस दफा बमोजिम शुल्क तथा ब्याज निर्धारण गर्दा पनि लागू हुनेछ, र

(ख) दफा १०१ को उपदफा (३) को खण्ड (ख), (ग), उपदफा (४), (५) र दफा १०२ मा लेखिएका कुराहरु यस दफाको उपदफा (४) का हकमा पनि लागू हुनेछ ।

Share this Law

दफा १२२ : शुल्क तथा ब्याजको निर्धारण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.